मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

१ हजार ६ सय मेगावाट विद्युत् थपिने

ekantipur.com · Mon May 31 00:57:44 GMT 2021

काठमाडौँ — आगामी वर्ष राष्ट्रिय प्रणालीमा १ हजार ६ सय २९ मेगावाट विद्युत् थप हुने सरकारले घोषणा गरेको छ । माथिल्लो तामाकोसीका तीन वटा युनिटसहित अन्य विद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने अनुमानसहित सरकारले यस्तो घोषणा गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्ष माथिल्लो तामाकोसीबाट २ सय २८, रसुवागढीबाट १ सय ११, साञ्जेन र माथिल्लो साञ्जेन आयोजनाबाट ५६ र त्रिशूली ३ बीबाट ३७ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने बताए । राहुघाटबाट ४०, मध्यभोटेकोसीबाट १ सय २ र निजी क्षेत्रबाट निर्माणाधीन आयोजना पूरा भई एक हजार ५५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने सरकारी अनुमान छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)