एनएमबि बैंकद्वारा ४० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
baahrakhari.com · Thu May 21 13:01:37 GMT 2026

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत तमु धिं नेपालसँगको सहकार्यमा ४० जना तमु समुदायका जेहन्दार विद्यार्थीहरूलाई शैक्षिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग तमु धिं नेपालको ४२औँ स्थापना दिवसको अवसरमा प्रदान गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पोसाक तथा शैक्षिक सामग्री वितरण गरिएको थियो । सहयोग सामग्री गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ, तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्मकुमारी तमु, अध्यक्ष हुमबहादुर गुरुङ तथा एनएमबि बैंक लिमिटेडका गण्डकी प्रदेश प्रमुख राजीव रञ्जित लगायतले संयुक्त रूपमा वितरण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)