मशेधका अर्थमन्त्रीको खर्च नियन्त्रण अभियान आफ्नै मन्त्रिपरिषद्बाट अस्वीकृत
shilapatra.com · Fri Jun 26 16:07:40 GMT 2026

मधेश प्रदेश सरकारले खर्च नियन्त्रणका लागि अर्थ मन्त्रालयले लागू गरेको नीति आफ्नै मन्त्रिपरिषद्बाट निष्क्रिय बनाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयले २६ जेठमा जारी गरेको खर्च नियन्त्रणसम्बन्धी मन्त्रीस्तरीय निर्णय खारेज गरेपछि रोकिएका साना योजना, तालिम, गोष्ठी तथा अन्य कार्यक्रम पुनः सञ्चालन हुने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री नागेन्द्र साहका अनुसार अर्थ मन्त्रालयको निर्णयअघि नै सम्पन्न भइसकेका योजना तथा कामको भुक्तानी रोकिँदा उपभोक्ता र व्यवसायीबाट व्यापक दबाब आएको थियो । आर्थिक वर्ष सकिन केही दिन मात्रै बाँकी रहेकाले नयाँ योजना सुरु गर्ने अवस्था नभए पनि सम्पन्न योजनाको भुक्तानी रोक्नु व्यावहारिक नभएको निष्कर्षमा सरकारले यस्तो निर्णय गरेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)