पोखरेलीको पाँच दशकको सपना साकार
gorkhapatraonline.com · Sun Jan 01 00:52:40 GMT 2023
मीनराज भण्डारी,काठमाडौँ, पुस १७ गते । देशकै प्रमुख पर्यटकीय सहर पोखराका स्थानीयको पाँच दशकदेखिको सपना साकार भएको छ । पोखरामा निर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटनसँगै ५० वर्षदेखिको सपना पूरा हुने भएको हो ।
सरकारले आइतबार अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ प्रारम्भको अवसर पारेर विमानस्थल सञ्चालनमा ल्याउँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहबीच विमानस्थल उद्घाटन गर्दै हुनुहुन्छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमका अनुसार आइतबार बिहान ११ बजे प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेता, उद्योगी तथा पर्यटन व्यवसायीलगायतको बृहत् सहभागितामा विमानस्थल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पोखरा महानगरपालिकाले यही खुसियालीमा आइतबार सार्वजनिक बिदासमेत दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)