युगान्डामाथि पहिलो विजय
ekantipur.com · Fri May 20 17:46:28 GMT 2022
काठमाडौँ — ‘डेब्यु’ गरिरहेकी हिरनमायी रोयले सानदार बलिङ प्रदर्शन गरेपछि नेपाली महिला क्रिकेट टोलीले युगान्डासँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा पहिलो विजय हात पारेको छ । पहिलो तीन खेल नै हारेर शृंखला गुमाइसकेको नेपालले शुक्रबार चौथो खेलमा युगान्डामाथि १५ रनको विजय हात पारेको छ ।
अघिल्लो दिनको वर्षाले मैदान भिजेको कारण १८–१८ ओभरमा छोट्याइएको खेलमा टस जितेको नेपाल १७.५ ओभर खेली ९७ रनमा अलआउट भयो । जबाफमा आएको युगान्डाले निर्धारित ओभर खेल्दै ८ विकेट गुमाई ८२ रनमात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)