मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक्काइस किलो गाँजासहित उमेश पक्राउ

hamrakura.com · Sun Jun 14 00:00:00 GMT 2026

सिरहा । सिरहाको सुखीपुर नगरपालिका-८ स्थित सुखीपुर बजारबाट २१ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार धनगढीमाई नगरपालिका-१४ का उमेशकुमार मगरलाई शनिबार पक्राउ गरिएको हो ।

लागूऔषध नियन्त्रण ब्यूरोबाट परिचालन भएको प्रहरी टोलीले शङ्का लागेर मोटरसाइकलमा सवार मगरको खानतलासी गर्दा निजबाट उक्त परिमाणको गाँजा बरामद भएको हो । रासस

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)