आज चयन हुँदै छन् गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति
nayapatrikadaily.com · Fri Mar 17 00:18:00 GMT 2023
गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति चुन्न आज मतदान हुँदै छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान १०–३ बजेसम्म संसद् भवनको लोत्से हलमा मतदान हुनेछ । २५ फागुनमा रामचन्द्र पौडेललाई राष्ट्रपति चुनेको एक सातापछि उपराष्ट्रपति चुन्न मतदान हुन लागेको हो । उपराष्ट्रपति पदका लागि तीनजना प्रतिस्पर्धामा छन् ।
लोत्से हलमा संघ र प्रदेश सांसदका लागि छुट्टाछुट्टै दुईवटा मतदान केन्द्रको व्यवस्थापन गरिएको छ । संघीय सांसदका लागि रातो रङ र प्रदेश सभा सदस्यका लागि हरियो रङको मतपत्र तयार पारिएको छ । मतपत्रमा उम्मेदवारको तस्बिर राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)