देश महामारीको संकटमा : नेता र युट्युबरको हेर्नुस् त पारा !
mysansar.com · Mon May 10 17:42:45 GMT 2021
नेपालमा यतिखेर ठूलो स्वास्थ्य संकट आइपरेको छ। आज कोभिड-१९ का कारण १३९ जनाको मृत्यु भएको छ। अस्पतालमा बेड नभएर बाहिरै राखी उपचार भइरहेको छ। अक्सिजनको अभावले मान्छे मरिरहेका छन्। पशुपतिको विद्युतीय शवदाहगृहको छेउको चौरमा राति अबेरसम्म संक्रमितहरुका लाशहरु जलिरहेका हुन्छन्। तर नेताहरु विश्वास र अविश्वासको गफ संसदमा गरिरहेका छन्। देशमा कहिल्यै नभएको विकास भएको गफ जोतिरहेका छन्। संसद छलेर ल्याएको अध्यादेश अनुसार संवैधानिक परिषद्को बैठक बसी नियुक्तिहरु गरिरहेका छन्। नियमित बजेट अधिवेशन बस्ने बेलामा विश्वासको मत भन्दै संसदको विशेष अधिवेशन बोलाएर रातारात अन्त्य गर्न हतार गरिरहेका छन्।
अनि केही अनलाइन मिडिया र युट्युबरहरुको पारा पनि हेरौँ न कस्तो छ। केही उदाहरण-
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)