मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डीबी सर पाँच दिनदेखि बेपत्ता 

hamrakura.com · Mon Aug 21 00:00:00 GMT 2023

काठमाडौँ । प्राडा दलबहादुर अधिकारी (डीबी सर) पाँच दिनदेखि बेपत्ता भएका छन् । उनी बिर्सने रोग अल्जाइमरका बिरामी पनि हुन् । जसका कारण घरबाट झुक्याएर बाहिर निस्केका प्राडा अधिकारीलाई काठमाडौँभित्रै हराउँदासमेत भेट्टाउन नसकेर परिवार अत्यन्त्य चिन्तित भएको छ । उनी डायबिटिजकासमेत बिरामी हुन् ।

प्राडा अधिकारीका भाइ आरबी अधिकारीका अनुसार आफ्नो निवास बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ पञ्चकन्या कोलनीबाट साउन ३२ गते बिहान १०:४५ बजे परिवारलाई झुक्याएर बाहिर निस्केका अधिकारी घर फर्कन सकेका छैनन् । काठमाडौँमै हराउँदासमेत उनलाई राज्यले खोज्न नसक्नु दुःखद भएको भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)