मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुर्गा प्रसाईंको दाबी- डेढ वर्षमा १४ पटक गरेर झन्डै एक वर्ष हिरासत बसेँ

setopati.com · Sun Jun 14 08:44:00 GMT 2026

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान बिसर्जन गरेर धवल शम्शेर राणासँग मिलेर नयाँ पार्टी खोल्ने तयारीमा रहेका दुर्गा प्रसाईंले डेढ वर्ष अवधिमा आफू १४ पटकसम्म हिरासत पुगेको र झन्डै एक वर्ष हिरासतमै बिताएको बताएका छन्।

प्रस्तावित राष्ट्रवादी शक्ति निर्माणबारे जानकारी दिन आज जमलमा आयोजित कार्यक्रममा बोल्दै प्रसाईंले भने, ‘डेढ वर्षमा झन्डै एक वर्ष त म हिरासतमा बसेको रहेछु।’

केपी ओली, सुशीला कार्की र बालेन शाह प्रधानमन्त्री रहँदा डेढ वर्षमा आफू झन्डै एक वर्ष जेल बसेको उनको दाबी थियो। ‘नेपालको इतिहासमा सबैभन्दा धेरै बन्दी प्रत्यक्षीकरणबाट छुटेको व्यक्ति हो म, ११ पटक छुटिसकेँ,’ प्रसाईंले भने।

आफूले लुक्नुपर्ने केही काम नगरेको उनको भनाइ थियो।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दिलविकास राजभण्डारीलगायत नेताहरूलाई कारबाही गरेको पनि उनले बताए।

‘जसको घरमा पार्टी कार्यालय राखेको छ, उसैलाई कारबाही गरिदिए राजेन्द्र लिङ्देनले,’ उनले भने, ‘दिलविकास र धवल शम्शेर भनेको राप्रपाका लागि मणि थिए।’

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)