सरिफको बेइजिङ भ्रमण तय
ratopati.com · Thu May 21 13:30:17 GMT 2026

काठमाडाैँ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ आगामी शनिबारदेखि मङ्गलबारसम्म चीनको राजधानी बेइजिङको औपचारिक भ्रमणमा जाने भएका छन् । यो भ्रमणलाई क्षेत्रीय कूटनीति र मध्यपूर्वको जारी तनावबीच रणनीतिक छलफलका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
चीन र पाकिस्तान दुवै देशले हाल मध्यपूर्वमा जारी द्वन्द्वलाई मध्यस्थतामार्फत समाधान गर्ने प्रयासमा सक्रिय भूमिका खेल्दै आएका छन् । अमेरिका र इजरायली आक्रमणबाट उत्पन्न तनावपछि सुरु भएको युद्धविराम सम्झौताले केही समयका लागि शत्रुता रोकिएको भए पनि परिस्थिति अझै स्थिर हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)