‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
barnanmedia.com · Sun Jun 14 08:52:56 GMT 2026

सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान बालेन शाह नेतृत्वको सरकारको आयु खासै लामो नरहने सङ्केत देखिएको बताएका छन्। प्रतिनिधि सभा चुनाव भएको तीन महिना मात्र भएको र सरकारका गतिविधि हेर्दा अवधि धेरै लामो नजाने उनले जिकिर गरे।
'अहिले जनताले मत धेरै दिए, तर सरकारका प्रधानमन्त्रीकाे कुरा हेर्दा इतिहासमा कहिल्यै, कसैले नेबाेलेकाे अभिव्यक्ति आए,' आइतबार वीरेन्द्रनगरमा आयाेजित पत्रकार महासङ्घ सुर्खेतको कार्यक्रममा बोल्दै उनले भने, 'तर अहिलेका युवा, तन्नेरीहरूले त्यसैलाई मन पराइरहेको अवस्था छ ।'
कँडेलले प्रधानमन्त्री शाहले नेपालले पनि भारतीय भूमि मिचेको भन्ने अभिव्यक्ति गलत भएको समेत बताए। साथै अहिलेको सरकारका गतिविधि हेर्दा समाचार लेख्ने पत्रकारहरू पनि सुरक्षित नरहने अवस्था आएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)