मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीले बगाएका घर बनाउने पैसा छैन, सरकारले दियो तरुण दलको भवन बनाउन ३ करोड

barnanmedia.com · Sat Jun 07 21:44:02 GMT 2025

सरकार कुन अवस्थामा छ भने राजस्वबाट उठेको पैसाले पनि तलबभत्ता खान पुग्दैन। आम्दानी र खर्चको खाडल कतिसम्म छ भने विकास निर्माणमा छुट्याइएको बजेटभन्दा धेरै पैसा ऋणको ब्याज र सावाँ तिर्नु परेको छ। पुँजीगतमा चार खर्ब सात अर्ब ८९ करोड विनियोजन गरेको सरकारले ऋणको साँवा–ब्याज भुक्तानीमा चार खर्ब ११ अर्ब रुपैयाँ छुट्याएको छ। अनि, सरकारका प्रधानमन्त्री, मन्त्री, अन्य जनप्रतिनिधि र कर्मचारी तन्नम छन्। फुलमाइस छ।

अझ दुखद कुरा त गत वर्ष बाढीपहिरोले बगाएका सडक अहिले पनि उस्तै छन्। पैसा नभएकाले नै सरकारले विपी राजमार्ग लगायत अन्य सडक निर्माण गर्न सकेको छैन। बल्ल जापानी सरकारले एउटा खण्ड बनाइदिने बाचा गरेपनि ठेक्का लगाइएको छ। हिउँदमा नदीमै डाइर्सन गरिए पनि बर्खामा बाटो बन्द हुने निश्चित छ। पूर्वपश्चिम राजमार्ग विस्तार थालेको पाँच वर्षमा पनि काम अधुरै छ, त्यही भएर नारायणगढ–दाउन्ने खण्डको विजोग छ। सरकारले लगानी गर्नुपर्ने नागरिकका घर बनाउन हो। गत वर्षको बाढी अनि त्यसअघि पश्चिम नेपालमा गएका भूकम्पबाट लाखौं नागरिक घरबारविहीन छन्। तर, सरकारलाई यसको मतलब छैन।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)