मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बीमा प्रतिविम्बको दोस्रो संस्करण सार्वजनिक

barnanmedia.com · Sat Jun 07 22:05:27 GMT 2025

काठमाडौँ, २५ जेठः नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मका बीमा क्षेत्रका मुख्यमुख्य तथ्याङ्कको विश्लेषणसहित बीमा प्रतिविम्बको दोस्रो संस्करण सार्वजनिक गरेको छ ।

यस संस्करणमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म जारी बीमालेख सङ्ख्या, प्रदेशगत रूपमा बीमालेख सङ्ख्या, बीमाशुल्क सङ्कलन, बीमा दाबी भुक्तानी विवरण, जीवन बीमाको पहुँचजस्ता विषय समेटिएको छ । यस्तै, बीमकको वित्तीय अवस्था, समर्पण तथा व्यतित विवरण, बीमकका शाखा कार्यालय तथा कर्मचारी विवरणलगायत बीमा क्षेत्रका समग्र सूचकाङ्क विश्लेषणसहित प्रस्तुत गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)