मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु

barnanmedia.com · Sat Jun 07 22:15:59 GMT 2025

जिल्लाको धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण सुरु भएको छ । आयोजनाको विद्युत्गृह रहने मालिका गाउँपालिका–७ भारबाङस्थित आउटलेटतर्फबाट सुरुङ खन्ने कामको शनिबार शुभारम्भ गरिएको हो ।

सुरुङ खन्ने कामको शुभारम्भ गर्दै मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले आयोजनाको निर्माणकार्यमा आवश्यक मेसिन, उपकरण र जनशक्ति परिचालन गरी निर्धारित समयभित्रै आयोजनाको कामलाई सम्पन्न गराउनतर्फ लाग्न आयोजनालाई आग्रह गर्नुभएको थियो । आउटलेटबाट सुरुङ खन्ने काम सुरु भएसँगै यस आयोजनामा चार ठाउँबाट सुरुङ खन्ने काम भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)