मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घरभित्र बस्दैमा चट्याङ्बाट सुरक्षित भइन्छ ?, बच्न यी उपाय अपनाउनुस् 

baahrakhari.com · Tue May 31 00:32:00 GMT 2022

काठमाडौं । चट्याङ्बाट बच्न घरभित्र बस्नु सबैभन्दा सुरक्षित उपाय हो । तर, घरभित्र बस्दा पनि चट्याङ्बाट सुरक्षित रहन सावधानी भने अपनाउनु पर्छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पानी परेको, गड्याङ्गुडुङ गरेको तथा चट्याङ् परिरहेको बेला तारवाला टेलिफोन प्रयोग गर्न नहुने बताएको छ । विद्युतीय सामग्री चार्ज गर्न राखेको छ भने प्लगबाट छुटाइदिनुपर्छ । “मोबाइल, टेलिभिजन, वासिङमेसिन, कम्प्युटर, आइरन, फ्रिजजस्ता विद्युतीय सामग्री प्लगबाट छुटाउनुपर्छ,” प्राधिकरणले भनेको छ, “भाडा माझ्ने, नुहाउने काम गर्नु हुँदैन । पर्खाल तथा झ्यालको छेउमा बस्नु हुँदैन, झ्याल, बरण्डा, सिँडीका ग्रिल छुन हुँदैन ।”

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)