मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आइतबारसम्म देशभर वर्षाको सम्भावना, सर्तक रहन मौसमविद्को अनुरोध

farakdhar.com · Fri Jul 29 00:53:19 GMT 2022

आजदेखि तीन दिन देशभर वर्षाको सम्भावना रहेको छ । शुक्रबार धेरै स्थानमा वर्षा हुने भएको छ । आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति गण्डकी र लुम्बिनीका एक/दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ । शनिबार पनि मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको हुनसक्ने महाशाखाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)