सुर्खेत विमानस्थलबाट निःशुल्क सटल बस सेवा विस्तार
ratopati.com · Thu May 21 13:40:16 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशको प्रमुख हवाई प्रवेशद्वारका रूपमा रहेको सुर्खेत विमानस्थलबाट सञ्चालन हुँदै आएको निःशुल्क सटल बस सेवा विस्तार गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले बिहीबार विमानस्थल र सटल बस सेवा अनुगमनपछि यात्रुको सुविधाका लागि सेवा विस्तार गर्न निर्देशन दिएका हुन् ।
उक्त निर्देशनपछि सुर्खेत नागरिक उड्डयन कार्यालय अन्तर्गत विमानस्थल प्रमुख हिराजन काफ्लेले निःशुल्क सटल बस सेवा विस्तार गरिएको जानकारी दिएका हुन् । उनले बिहीबार नै एक सूचना जारी गर्दै सेवा विस्तार गरिएको जानकारी गराएका हुन्। सुर्खेत नागरिक उड्डयन कार्यालयले जारी गरेको सूचना अनुसार शुक्रबारदेखि निरन्तर विमानस्थलदेखि मुख्य बजार क्षेत्रसम्म यात्रुहरूको सहज आवतजावतका लागि सटल बस सेवा विस्तार गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)