मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्णरूपमा लागु गर्ने

onlinekhabar.com · Sun Jun 14 09:06:25 GMT 2026

३१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले असुल गर्ने बहाल र व्यवसाय कर वैज्ञानिक, न्यायोचित र करदातामैत्री बनाउन प्रयोजन र स्थान विशेष क्षेत्रका आधारमा करका दर निर्धारण गर्ने प्रबन्ध मिलाउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा यो उल्लेख गरेको हो । ‘करको दायरामा नआएका करदाताको पहिचान गरी कर तिर्न उत्प्रेरित गर्ने, उपयुक्त छुट सुविधा प्रदान गर्ने, करदातालाई राजस्व सेवासम्बन्धी सूचना, जानकारी तथा महानगरको सन्देश एसएमएस मार्फत सम्प्रेषण गरिने छ,’ नीति तथा कार्यक्रममा छ, ‘महालेखा नियन्त्रकको कार्यालयबाट तयार गरिएको स्थानीय तहको राजस्व व्यवस्थापन प्रणाली (सूत्र) लागु गर्न आवश्यक प्रबन्ध मिलाइने छ ।’

एकीकृत करदाता परिचय नम्बर पूर्णरूपमा लागु गरिने समेत घोषणा गरिएको छ । बहालमा लिएदिएका घर र जग्गा तथा अन्य संरचना–सम्पतिको अनिवार्य दर्ता गर्ने व्यवस्था गरिने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय