पर्साबाट एक सय किलो गाँजा बरामद
nepalviews.com · Sun Jun 14 09:10:43 GMT 2026

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरको संयुक्त टोलीले आज एक सय किलो गाँजा नियन्त्रणमा लिएको छ ।
संयुक्त टोलीले पर्साको जगरनाथपुर गाउँपालिका-३ मुरैयाचोकस्थित खेतमा पाँच वटा चामलको बोरामा लुकाइछिपाइ राखेको अवस्थामा एक सय किलो गाँजा नियन्त्रणमा लिएको हो ।
उक्त गाँजा कसको हो, कसले कुन प्रयोजनका लागि लुकाइछिपाइ राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ