मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काश्मिरको विशेषाधिकार खोसियो, तर भारतका यी १३ राज्यमा अझै छ विशेषाधिकार

shilapatra.com · Wed Dec 13 00:56:48 GMT 2023

भारतको सर्वोच्च अदालतले जम्मु–काश्मिरलाई विशेष राज्यको दर्जा दिने भारतीय संविधानको धारा ३७० लाई हटाउने सरकारको निर्णयलाई वैध भएको ठहर गरेको छ । भारतका प्रधानन्यायाधीश डीवाई चन्द्रचूड नेतृत्वको बेन्चले भारतीय संविधानको धारा ३७० ‘अस्थायी प्रावधान’ भएको पनि बताएको छ ।

५ अगस्ट, २०१९ मा केन्द्र सरकारले धारा ३७० अन्त्य गर्दै जम्मु–काश्मिर र लद्दाखलाई दुई अलग केन्द्र शासित प्रदेश बनाएको थियो । केन्द्रको यो निर्णयको विरोधमा सर्वोच्च अदालतमा करिब २ दर्जन रिट परेका थिए । सर्वोच्चले यो मुद्दाको फैसला गर्दै धारा ३७० अस्थायी प्रावधान भएको र राष्ट्रपतिलाई यो व्यवस्था हटाउने अधिकार भएको ठहर गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)