मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यस्तो बन्दै छ एसियन हाइवे

rajdhanidaily.com · Sat Jun 07 23:53:53 GMT 2025

इटहरी । निर्माणाधीन एसियन हाइवे अन्तर्गत अहिले दुई खण्डमा काम भइरहेको छ । पूर्वी खण्ड र पश्चिम खण्ड गरी अहिले निर्माणको काम जारी छ । थाइल्यान्डको बैंककबाट सुरु भएको उक्त हाइवे म्यानमार, बंगलादेश, भारत हुँदै नेपालको पूर्व–पश्चिम राजमार्ग भएर नयाँदिल्लीबाट पाकिस्तानको कराँची पुग्नेछ । भारतले पश्चिम बंगाल हुँदै नेपालको काँकडभिट्टा नाकासम्म उक्त हाइवे विस्तार गरिसकेको छ । अहिले काकडभिट्टादेखि इटहरीसम्म पाँच वटा खण्डमा ठेक्का लागेर काम भइरहेको छ ।

जसमा सडकबाहेक ६९ वटा कल्भर्ट, तीन सय मिटरभन्दा लामो तीनवटा पुल र तीन सय मिटरभन्दा कमको २८ वटा पुल निर्माण हुनेछ । तीन सय मिटरभन्दा लामो झापाको रतुवा र मोरङमा रहेका बक्राहा र लोहन्द्रा खोलाको पुल निर्माण हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)