मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ननिका नेता

annapurnapost.com · Sat Apr 16 00:26:00 GMT 2022

मुलुक बलियो हुन मूलतः राजनीति बलियो हुनुपर्छ। राजनीति बलियो हुन राजनीतिक पार्टीहरू बलियो हुनुपर्छ। राजनीतिक पार्टी बलियो हुन ती पार्टीका नेताहरू बलियो हुनुपर्छ। नेताहरू बलियो हुन नेताहरू ठीकसँग चल्नु पर्छ। त्यसो नहुँदा हामी कहाँ सार्थक परिवर्तन हुन सकेन। सरकार सरकारको हैसियतमा चल्न सकिरहेको छैन। पार्टीहरू पार्टीको हैसियतमा क्रियाशील हुन सकेका छैनन्। अहिले पनि घर लिपपोत गर्न माटो लिन छोरी, बुहारी, दिदी, बहिनी जान्छन्। त्यसरी माटो खन्दा ढिस्को भत्किएर त्यसैले थिचिएर मर्छन्।

अर्को समस्या, बोक्सीको आरोपमा गाउँका गरिब निमुखा प्रायः विधवा, शारीरिक अंगभंग भएकाहरू गाउँका बलिया बांगाहरूबाटै प्रताडित भैरहेका छन्। थरीथरीका प्रताडना पाइरहेका छन्। तातो पन्यूँले डामिन्छन्, कति जनाको आँखा फुटाइन्छ। दिसा, पिसाब खुवाइन्छ र गाउँसमेत निकाला गरिन्छ। गाउँका झोलुंगेपुलका फल्याक कुहिएका, उक्किएका र भत्किएका छन्। किला उक्किई फल्याक वा पाता छुट्टिई पुल तर्ने नसकिने भएका छन्। वनमा आफैं उम्रिएका विषाक्त च्याउ खाएर कैयौं अकिञ्चन अनाथ विपन्न जनता अकालमै मरिरहेका छन्। खानेपानीका धारामा कतै टुटी नै छैनन्, कतै पाइप काटिएका छन्। बिजुली हुक लगाएर चोरिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)