टिकटक 'मिस नेपाल २०२५' को मनोरञ्जन पार्टनर
baahrakhari.com · Sun Jul 27 17:29:05 GMT 2025

काठमडौं । टिकटकले नेपालको सौन्दर्य प्रतियोगिता 'मिस नेपाल २०२५'मा मनोरञ्जन पार्टनरको रूपमा रहनेगरी आधिकारिक साझेदारीको घोषणा गरेको छ । यस सहकार्यले स्थानीय प्रतिभालाई सशक्त पार्ने, सांस्कृतिक पहिचानको संरक्षण र प्रोत्साहन गर्ने र नेपाली युवाहरूको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने टिकटकको प्रतिबद्धतालाई अझ स्पष्ट बनाएको छ ।
प्रत्येक वर्ष आयोजना हुने मिस नेपालको प्रमुख राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । जसले नेपाली महिलाहरूको नेतृत्व विकास, आत्मविश्वास र अन्तर्राष्ट्रिय पहिचानलाई अगाडि बढाउने अवसर प्रदान गर्दछ । यस सहकार्यमार्फत, टिकटकले यस वर्षका प्रतियोगीहरूका शसक्त कथा, तयारीका क्षणहरू र सिर्जनात्मक अभिव्यक्तिहरूलाई प्रस्तुत गर्दै आफ्नो प्लेटफर्ममा नेपाली समुदायलाई सक्रिय रूपमा संलग्न गराउने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)