मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अझै घटेन राहदानीको भीड

gorkhapatraonline.com · Thu Jan 19 00:20:45 GMT 2023

काठमाडौँ, माघ ५ गते । राहदानी विभागको सक्रियता दोब्बर गराएर सेवा दिने तयारी सुरु भए पनि जनशक्ति अभावले त्यो सक्रियता अन्योलमा परेको छ । विभागमा देशैभरका सेवाग्राही द्रुत सेवा लिन आउने भएकाले पनि हरेक दिन विभाग परिसर सेवाग्राहीको भीडले तनावयुक्त रहने गरेको छ ।

सेवा विस्तारको पहल थालिए पनि जनशक्ति अभाव सेवा प्रवाहको सहजतामा बाधा बनेको विभागले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, चालक अनुमतिपत्रलगायतका अत्यावश्यक कागजपत्र सम्बद्ध सेवा द्रुत गतिमा दिन लिखित निर्देशन दिनुभएको थियो । सोहीअनुसार विभागले भएकै कर्मचारीलाई केही सुविधा थप गरेर वा दोब्बर सेवा सञ्चालन गरेर सेवा प्रभावकारी बनाउन सकिने गरी आफ्नो कार्ययोजना बनाएर प्रधानमन्त्री कार्यालयमा पेस गरिसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)