मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्सामा एक सय किलो गाँजा बरामद

ratopati.com · Sun Jun 14 09:19:43 GMT 2026

काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरको संयुक्त टोलीले आज एक सय किलो गाँजा बरामद गरेको छ । संयुक्त टोलीले पर्साको जगरनाथपुर गाउँपालिका-३ मुरैयाचोकस्थित खेतमा पाँच वटा चामलको बोरामा लुकाइछिपाइ राखेको अवस्थामा एक सय किलो गाँजा बरामद गेरको हो ।

उक्त गाँजा कसको हो, कसले कुन प्रयोजनका लागि लुकाइछिपाइ राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)