मिडिया दावी : अनि, निस्कियो त गुरुत्वबलबाट बिजुली?
mysansar.com · Sun Oct 31 17:00:53 GMT 2021
मिडियाले गरेका अपत्यारिला दावीहरुको फलोअप हामी यो शृङ्खलामा गर्नेछौँ। आज प्रस्तुत छ- २०७१ सालमा नेपाली मिडियामा ‘संसारमा अहिलेसम्म नभएको काम’ भन्दै खुबै प्रचार भएको एउटा विषय।
२०७१ सालमा सेतोपाटीमा एउटा फिचर छापिएको थियो जसको शीर्षक थियो- पृथ्वीको गुरूत्वाकर्षणले तानेको एउटा युवा। ‘राम्ररी काम गर्न पाए एक वर्षभित्र गुरुत्त्व बलबाट बिजुली बाल्न सकिन्छ’ भनेर त्यसमा उनकै भनाई लेखिएको थियो। त्यस्तै साप्ताहिक पत्रिकामा पनि उनले भनेका रहेछन् , ‘तैपनि यति लेखेर राख्नुहोस्, २०७३ सालभित्रमा म गुरुत्वाकर्षणबाट बिजुली निकालेरै छाड्छु।’ पत्रिका, टिभीमा उनको यति कभरेज भयो कि सरकारले उनलाई युवा प्रतिभा पुरस्कार पनि दियो २०७२ सालमा। तर आज २०७८ साल भइसक्दा कुनै पनि मिडियाले यसको फलोअप गरेका छैनन्- के भयो त गुरुत्वबलबाट निकालिने बिजुली।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)