स्वस्थ जीवनका लागि अष्टाड्ड योगको नियम
newsofnepal.com · Thu Apr 27 00:25:53 GMT 2023
जीवनलाई सकारात्मक र उचित रुपमा अगाडि बढाउन व्यक्तिले अनेक नियमहरुको पालना गर्नुपर्दछ । व्यक्तिको आत्म अनुशासनविना उसको जीवनशैली अस्तव्यस्त हुन्छ । व्यक्तिले समग्र विकासका लागि अपनाउनुपर्नेविशेष अनुशासनको रुपमा महर्षि पतञ्जलिले योगसूत्रमा अष्टाङ्ग योगको विशेष ढंगले जानकारी दिएको पाइन्छ । यिनै आठ अंगमध्ये सकारात्मक जीवनशैलीका अनेक पक्षलाई समेट्दै दोस्रो अंगका रुपमा ‘नियम’लाई प्रस्तुत गरिएको छ ।
नियमअन्तर्गत व्यक्तिले अपनाउनुपर्ने आत्म अनुशासनका पाँच प्रकारका विधिहरु पर्दछन्, ती हुन्– शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वर प्रणिधान । यी आत्म अनुशासनका विधिहरु अर्थात् नियमको स्वयंमा प्रयोग गर्दा के हुन्छ र नगर्दाका अवस्थामा के–कस्ता समस्या आइपर्न सक्छन् भन्ने कुरा सबैले मनन गर्नु अत्यावश्यक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)