मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण

kendrabindu.com · Thu May 21 13:54:50 GMT 2026

काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत मुक्तिनाथ विकास बैंकले स्वास्थ्य सेवा सहज बनाउन, समावेशीतालाई प्रवद्र्धन गर्न तथा दिगो विकास लक्ष्यप्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गर्दै विभिन्न संस्थाहरुलाई व्हीलचेयर सहयोग प्रदान गरेको छ।

यस कार्यक्रम अन्तर्गत बैंकले धनगढीस्थित सेती प्रादेशिक अस्पताल लाई १० थान व्हीलचेयर हस्तान्तरण गरेको छ। उक्त सहयोगले अस्पतालमा उपचारका लागि आउने तत्काल बिरामी, ज्येष्ठ नागरिक तथा हिँडडुलमा कठिनाइ भएका सेवाग्राहीहरूलाई अस्पताल परिसरभित्र सहज र सुरक्षित रूपमा आवतजावत गर्न सहयोग पुग्ने अपेक्षा बैंकले लिएको छ। यसले स्वास्थ्य सेवामा पहुँचलाई थप सहज बनाउँदै सेवाग्राहीमैत्री वातावरण निर्माणमा समेत योगदान पु¥याउने विश्वास बैंकले लिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)