बल्खुचोकमा बिहीबार दिनभर जे देखियो…
ukaalo.com · Thu Nov 23 21:50:55 GMT 2023
काठमाडौँ – बिहीबार मध्यान्ह १२ बजेसम्म काठमाडौँको बल्खुचोक सुनसान थियो। त्यहाँबाट कालीमाटी जाने बाटोतर्फ पिपलको रूखमुनि करिब ४०–५० जनाले गणतन्त्रबारे विभिन्न टीकाटिप्पणी गरिरहेका थिए। प्रहरीको उपस्थिति भने बाक्लिइसकेको थियो। सडकमा कोही देखिन्थे भने ती प्रहरीहरू मात्रै थिए। रूखमुनि देखिएको समूहलाई त्यसबेला त्यहाँ तैनाथ सानो प्रहरी टोलीको कमान्ड गर्ने इन्स्पेक्टर महिलाले ‘तपाईंहरू कार्यक्रममा आउनुभएको हो भने कृपया कार्यक्रमस्थलतिर गइदिनुहोला’ भनिरहेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)