प्रचण्ड अचेल सदनमा रमाउँदैनन् !
baahrakhari.com · Sun Jun 14 09:24:00 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा बैठकमा अचेल विपक्षी सांसदको बेन्चमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रायः देखिँदैनन् । बजेट अधिवेशन सुरु भएयता उनी सदनमा गएका छैनन् । त्यसअघिका बैठकमा उनी छिटपुट देखिन्थे ।
अघिल्लो संसदीय कालखण्डमा तत्कालीन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड ठाँटिएर पुग्थे, सदनमा । अचेल उनी संसद् बैठकमा नियमित हुँदैनन् । प्रचण्डका निकटस्थका अनुसार, उनी प्रतिनिधिसभा बैठकमा ‘अचेल रमाउँदैनन्’ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ