मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी-२० विश्वकप : वेस्ट् इन्डिजमाथि इङ्ल्यान्डको जित

annapurnapost.com · Sun Oct 24 06:22:00 GMT 2021

दुबई : इङल्यान्डले आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ। दुबईमा शनिबार राति भएको खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गर्दै इङ्ल्यान्डले सुखद् सुरुआत गरेको हो।

वेस्ट इन्डिजले दिएको ५६ रनको सामान्य लक्ष्य इङ्ल्यान्डले ८.२ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो। इङ्ल्यान्डको जितमा जस बटलरले अविजित २४ रन बनाए। यस्तै जासन रोयले ११ रनको योगदान दिए। वेस्ट इन्डिजका अकिल हुसेनले दुई तथा रवि रामपालले एक विकेट लिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)