एनपीजीए म्याच प्ले आजदेखि
ekantipur.com · Tue Jan 24 01:20:55 GMT 2023
काठमाडौँ — सूर्य नेपाल एनपीजीए म्याच प्ले रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा मंगलबार सुरु हुँदै छ । प्रतियोतिामा सूर्य नेपाल गल्फ टुर २०१९–२० का उत्कृष्ट १६ खेलाडीले नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।
कुल २ लाख ५० हजार रुपैयाँ पुरस्कारको प्रतियोगितामा वरीयतामा शीर्ष १६ स्थानमा रहेका सबै खेलाडीको उपस्थिति भने हुने छैन । चौथो वरीयताका नीरज तामाङ, १४ औं स्थानका राजेन्द्र थापामगर र १६ औं वरीयताका पूर्ण शर्मा सहभागी हुने छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)