कोरोनाबाट स्याङजामा बृद्धको मृत्यु
annapurnapost.com · Sat May 01 06:34:00 GMT 2021
स्याङजा : स्याङजामा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। अर्जुनचौपारी गाउँपालिका-५ का ६२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण उपचारको क्रममा बिहीबार राति पोखरामा मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम निर्देशक विनोद विन्दु शर्माले जनाए।
बैशाख ५ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषको उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल भर्ना थियो। योसँगै स्याङ्जामा कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ। जिल्लामा अहिलेसम्म ९ सय ३२ जना संक्रमित र ८ सय ३० निको भएका छन् भने हाल ८३ जना सक्रिय रहेको प्रादेशिक कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)