मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पहिलो महिना साढे १० अर्ब खर्च

karobardaily.com · Thu Aug 19 00:41:37 GMT 2021

चालु आर्थिक वर्ष २०७८-०७९ को पहिलो महिनामा संघीय सरकारले १० अर्ब रुपैयाँ बराबरको बजेट खर्च गरेको छ । सरकारले चालु वर्षको पहिलो एक महिनामा १० अर्ब ४९ करोड रुपैयाँ अर्थात् ०.६४ प्रतिशत रकम मात्र खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

सो रकम गत आर्थिक वर्ष २०७७-०७८ को तुलनामा झण्डै ५ गुणाले बढी हो । तर गत वर्ष सो अवधिमा कोरोना नियन्त्रण तथा रोकथामका लागि पूर्णरुपमा लकडाउन गरिएको थियो । गत वर्ष पहिलो एक महिनाको अवधिमा सरकारले मात्र १ अर्ब ९८ करोड रुपैयाँ खर्च गरेको थियो, जुन निकै नै न्यून रकम हो ।

स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)