करातेको राष्ट्रिय एलिट प्रशिक्षक प्रशिक्षण शनिबारदेखि
baahrakhari.com · Thu Nov 21 17:48:17 GMT 2024
काठमाडौं । काठमाडौं जिल्ला कराते महासंघको आयोजना तथा काठमाडौं जिल्ला सितोरियो कराते संघको संयोजनमा राष्ट्रिय इलिट कराते प्रशिक्षक प्रशिक्षण शनिबारदेखि हुने भएको छ । प्रशिक्षणमा करिब १५० प्रशिक्षकको सहभागिता रहने आयोजक महासंघका अध्यक्ष ज्ञानबहादुर जिम्बाले जानकारी दिए ।
सहभागीलाई करातेका मुख्य प्रशिक्षक दीपक श्रेष्ठ र करातेका पूर्वमुख्य प्रशिक्षक महेशकुमार श्रेष्ठले प्रशिक्षण दिने छन् । उनीहरूलाई काठमाडौं जिल्ला सितोरियो कराते संघका अध्यक्ष एवं शंखडोल कराते एकेडेमीका प्रमुख प्रशिक्षक शिवराम कारन्जितले सहयोग गर्ने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)