कास्कीमा असार एक गतेदेखि नदी तथा खानीजन्य सामाग्री उत्खननमा रोक
nagariknews.nagariknetwork.com · Thu May 21 13:44:29 GMT 2026

कास्कीमा असार एक गतेबाट नदी तथा खानीजन्य सामग्री उत्खनन्मा रोक लागेको छ । जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठकले कास्कीका पाँचवटै पालिकामा असार एक गतेदेखि ३ महिनाका लागि नदी तथा खानीजन्य सामग्री उत्खनन्मा रोक लगाउने निर्णय गरेको हो ।
ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा ब्यबस्थापन सम्बन्धि मापदण्ड–२०७७ को दफा ९ बमोजिम कास्कीमा जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति गठन छ । जसको संयोजक जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेल छन् । जिसस प्रमुख पौडेल संयोजकत्वको सोहि समितिको सो बैठकले असार, साउन र भदौ महिनाभरी कास्कीका पोखरा महानगरपालिकासहित माछापुच्छ्रे गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, रुपा गाउँपालिका र मादी गाउँपालिकाका नदीहरुमा ढुंगा, गिट्टी तथा बालुवा उत्खनन् गर्न रोक लगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)