मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘थन्किएका विधेयक समितिको पहिलो प्राथमिकता’

ekantipur.com · Tue Aug 29 01:02:15 GMT 2023

काठमाडौँ — संसदीय समितिमा रोकिएका विधेयकलाई अघि बढाउने सभापतिहरूले प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभा सुरु भएको साढे सात महिनापछि सोमबार संसदीय समितिले नेतृत्व पाएको हो । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निर्वाचित १० वटा समितिका सभापतिलाई सोमबार पद तथा गोपनीयताको शपथग्रहण गराएपछि उनीहरूले समितिमा रोकिएको विधेयक अघि बढाउने र जनतासँग जोडिएका विषयमाथि छलफल अघि बढाउने प्रतिबद्धता जनाएका हुन् ।

सदनले चार महिनाअघि समितिमा विधेयक पठाए पनि सभापति नहुँदा छलफलसमेत भएको छैन । राष्ट्रिय सभाले पारित गरिसकेको विधेयक प्रतिनिधिसभाको विषय समितिमा बन्धक बनेको छ । समितिमा आएको विधेयक तत्काल अघि बढाइने राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बताए । सदनले वैशाख १५ मा पठाएको विधेयक समितिमा थन्किएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)