मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राधेमाई युवालाई सफलता

ekantipur.com · Fri Jun 24 00:56:01 GMT 2022

काठमाडौँ — अपन राधेमाई युवा क्लबले यू–१६ नेक्सस कप टी–२० क्रिकेट सिजनमा बिहीबार जित पाएको छ । राधेमाईले भक्तपुर क्रिकेट सेन्टर (बीसीसी) लाई ७७ रनले हरायो ।

पहिलो ब्याटिङ गरेको राधेमाईले २० ओभरमा ७ विकेट गुमाई १ सय ३९ रन बनायो । शशि पारितले ५३, सफवान अलीले २२ र राहुल हक अन्सारीले २० रन जोडे । भक्तपुरका आयान सिलवालले २ विकेट लिए । जवाफमा बीसीसी १८.१ ओभरमा अलआउट हुँदै ६२ रनमा समेटियो । राधेमाईका सलमान अली मन्सुरी र अनिश साह कनुले ३–३ विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)