रातको समयमा काठमाडौंंमा भूकम्पको धक्का
ratopati.com · Thu Nov 21 18:30:00 GMT 2024

काठमाडौं । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर बिहीबार राति भूकम्पको धक्का महसुस भएको छ। राति १०ः४६ मा २ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
सानो म्याग्निच्युडको भएपनि केन्द्रविन्दु नजिक भएकाले काठमाडौंसहित आसपासका जिल्लामा समेत धक्काको महसुस भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)