प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबाट लोकतन्त्र मजबुत: मुख्यमन्त्री पाण्डे
gorkhapatraonline.com · Wed May 03 06:29:30 GMT 2023
काठमाडौं, वैशाख २० गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबाट लोकतन्त्र मजबुत हुने बताउनुभएको छ ।
विश्व प्रेस स्तन्त्रताका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले नेपालको संविधानले पूर्ण प्रेस स्तन्त्रतालाई अंगिकार गरेको र यसको सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । सरकारका तर्फबाट निर्माण गर्नुपर्ने सञ्चारसम्बन्धी ऐन नियम बनाउन प्राथमिकताका साथ लाग्ने भन्दै सन्देशमा पत्रकारिता क्षेत्रमा समस्या देखापरे पनि सबै खाले समस्यालाई सामुहिक समाधान गर्न सकिने विश्वास व्यक्त गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)