अत्यधिक चिसाेले गराउन सक्छ हृदयाघात, भारतमा एकैदिन २५ जनाकाे मृत्यु
shilapatra.com · Sat Jan 07 01:02:00 GMT 2023
शीतलहरका कारण भारत उत्तर प्रदेशमा एकै दिन हृदयाघात भएर २५ जनाको मृत्यु भएको छ । २५ मध्ये १७ जनाको अस्पताल पुर्याउनुअघि नै मृत्यु भएको टाइम्स नाउ न्युज काे समाचारमा उल्लेख छ । घट्ना गत बिहीबारकाे हाे ।
डाक्टरहरूका अनुसार, चिसोमा अचानक ब्लड प्रेसर बढ्नु, रगत जमेर हृदयघात र मस्तिष्कघात भएर उनीहरू मृत्यु भएको हो । मृतकहरू उत्तर प्रदेशको राजधानी लखनउबाट ८८ किलोमिटर पश्चिमस्थित कानपुरका बासिन्दा हुन् । बिहीबार हृदय रोग संस्थानको इमरजेन्सीमा मुटुका ७ सय २३ जना बिरामी आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)