मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उखु किसानका दुःख उस्तै

annapurnapost.com · Sun Jan 09 06:46:00 GMT 2022

पसिनाको मूल्य समयमै पाएको भए, उखु किसान धनी भइसक्थे। तर, नगदे बाली लगाउने किसानले समयमा कहिल्यै नगद पाउँदैनन्। त्यसैले उनीहरूका दुःख र पीडा सधैं उस्तै छन्। देशकै विडम्बना मान्नुपर्छ, जसले वर्षदिन खटेर, दस नंग्रा खियाएर खेती गर्छ, ऊ सधैं ठगिन्छ। न समयमा उखुको मूल्य तोकिन्छ, न त समयमा उखुको मूल्य नै पाउँछ।

आफूले वर्षभरि मेहनत गरेको उखु खेती मिलमा लगेर उधारोमा बेच्नुपर्छ, आफ्नै लगानी उठाउन पनि ‘भीख मागे’ जस्तै धाउनुपर्छ। त्यति गर्दा पनि पैसा उठ्दैन। अनि, नांगा पैताला लिएर आन्दोलन गर्न काठमाडौं आउनुपर्छ। तिनै किसानलाई ठग्नेहरू चिल्ला कारमा हिँड्छन् र किसान मुक्तिका कुरा गर्छन्। यो वर्ष बल्लतल्ल उखुको मूल्य प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ तोकियो। बिउबिजनको खर्च र बढ्दो महँगीका कारण किसानले कम्तीमा ६ सय ८० रुपैयाँ प्रतिक्विन्टल उखुको मूल्य माग गरेका थिए। तर, किसानका कुरा कसले सुन्ने ? मिलवालाको इच्छाअनुसार सरकारले मूल्य तोकिदियो। यस वर्ष पनि उखुबाट लगानी नउठ्ने देखेर किसानहरू चिन्तित छन्। १२ वर्षदेखि उखु किसानका नाममा राज्यले अनुदान पनि दिइरहेको छ। तर त्यो रकम पनि उखु किसानले सिधै पाउँदैनन्, किसानका नामको अनुदान आधाउधी त ‘प्रक्रिया मिलाउँदै’ मा सकिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)