नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न
arthadabali.com · Sun Jun 14 09:41:03 GMT 2026

काठमाडौँ / नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन अ) ले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि स्टल बाँडफाँड कार्यक्रम सम्पन्न गरेको छ । नेपालकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा आयोजना हुन लागेको एक्स्पो आगामी २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।
नाइमाले पूर्वनिर्धारित तथा पारदर्शी चिठ्ठा प्रक्रियामार्फत चार पांग्रे, दुई पांग्रे तथा व्यावसायिक सवारी साधन क्षेत्रका ४९ ब्रान्डका लागि कुल ४९ वटा स्टल बाँडफाँड गरेको जनाएको छ । तीमध्ये २६ वटा स्टल चार पांग्रे सवारी साधन ब्रान्डलाई तथा २३ वटा स्टल दुई पांग्रे र व्यावसायिक सवारी साधन ब्रान्डलाई प्रदान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)