अमेरिकालाई चीनको चेतावनी- 'आगोसँग नखेल्नू'
ekantipur.com · Fri Jul 29 16:17:58 GMT 2022
काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच ताइवान र दक्षिण चीन सागरलगायत विषयबारे वार्ता भएको छ । यस क्रममा दुवै देशका राष्ट्रपतिहरू प्रत्यक्षरुपमा भेटवार्ता गर्न सहमत भएका छन् । वार्ताको क्रममा ताइवान विवादबारे पनि दुई नेताबीच छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
यस क्रममा ताइवानमा गतिविधि नबढाउन भन्दै सीले बाइडेनलाई चेतावनी दिएको पनि अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । रोयटर्सका अनुसार सीले बाइडेनलाई ताइवानको विषयमा 'आगोसँग नखेल्न' चेतावनी दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)