स्वतन्त्रबाट चुनावी मैदानमा उत्रिन लागेका प्लाष्टिक सर्जन
shilapatra.com · Tue Aug 30 00:37:04 GMT 2022
पेसाले उनी वरिष्ठ प्लाष्टिक सर्जन हुन् । जटिल प्लाष्टिक सर्जरी गरेर ख्याती कमाइसकेका छन् । सामाजिक रूपमा ‘ग्रिन एण्ड क्लिन’ नेपालगञ्ज अभियानको अगुवाई गरिरहेका छन् । दलीय राजनीतिमा खासै नदेखिएका डा विनोद कर्णलाई अहिले चुनावी चस्का लागेको छ ।
डा कर्णले बाँके क्षेत्र नम्बर २ (ख)बाट लुम्बिनी प्रदेशसभा सदस्य उम्मेदवारी घोषणा गरिसकेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १ देखि १२ सम्म, १४ र १५ वडा समेटिएको यो क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि उनले स्वतन्त्र उम्मेदवारी दिँदैछन् । ‘समाजप्रतिको दायित्व महसुस गरेर मैले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको हुँ’, डा कर्णले शिलापत्र सँग भने, ‘हामीजस्ता पढेलेखेका सचेत नागरिकले पहल नगरे राजनीतिको यो हाल सुध्रिँदैन । त्यसैले म अघि सरेँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)