मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इराकमा तीन वर्षदेखि ‘बन्धक’ छिन् झापाकी कमला मुर्मु, उद्धार गरिदिन आमाकाे हारगुहार

shilapatra.com · Sun Aug 20 01:14:35 GMT 2023

झापाकाे अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उनकी आमाले उद्धारका लागि अपिल गरेकी छन् । तीन वर्षअघि विसं २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लाने भनेर कमलालाई मानव तस्करले इराक पुर्‍याएर बेचेको उनकी आमा लखी मुर्मुले जानकारी दिइन् ।

'ओमान लाने भनेर इराक पुर्‍याएछन्', पीडितकी आमा लखीले कमलाको फोटो देखाउँदै भनिन्, 'छ महिनासम्म कुनै सम्पर्क हुन सकेन । त्यसपछि भ्वाइस म्यासेजमार्फत बेला–बेला एकोहोरो सम्पर्क हुँदा छोरीले मलाई बन्धक बनाइएको छ, उद्धार गर्नुपर्‍याे आमामात्र भनिरहेकी छन् ।'

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)