२० औं जयकरमा यू–१४ टेनिस राजवीरले ताङविरुद्ध खेल्ने
ekantipur.com · Thu Dec 22 16:46:58 GMT 2022
काठमाडौँ — नेपालका राजवीर प्रधान २० औं जयकर स्मृति एटीएफ यू–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को ब्वाइज सिंगलतर्फ फाइनलमा पुगेका छन् ।
मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा बिहीबार राजवीरले भारतका सिद्धार्थ जिबुलाई ६–१, ६–३ को सोझो सेटमा हराए । फाइनलमा राजवीरको भेट हङकङका कि छियोङ मोरिस ताङसँग हुनेछ । ताङले आफ्नै देशका वान हिम दोनोभान यिमलाई ६–४, ६–१ ले सेटमा हराए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)