भन्सार छलेर ल्याइएका अवैध सामान बरामद
gorkhapatraonline.com · Thu May 21 14:17:47 GMT 2026

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले भन्सार छली गरी भारतबाट नेपाल ल्याइएका चार लाख रुपियाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपाल–भारत मुख्य नाकामा कडाइ गरिएसँगै अन्य सहायक बाटो र नाकाबाट तस्करी बढेको सूचनाका आधारमा खोजी गर्दा नेपालगन्जका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका लत्ताकपडा, माउन्टेन डिउ, कोकगायतका पेय पदार्थ, मोबाइलका पार्टपुर्जा, खाद्य तथा सुर्तीजन्य सामग्री बरामद गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)