अल्लोबाट आत्मनिर्भर बन्दै महिला
ratopati.com · Sun Jun 14 09:47:31 GMT 2026

म्याग्दी । मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका सामग्री तयार पारेर यहाँका महिला स्वरोजगार र आत्मनिर्भर बनेका हुन् ।
रुम अल्लो कपडा तथा ढाका उत्पादन समूहका अध्यक्ष मनकुमारी पुनले १२ जना महिला उद्यमीले अल्लोबाट कपडा बनाउने काम गरिरहेका जानकारी दिइन्। “एक जनाले वार्षिक रूपमा ४५ देखि एक सय ५० मिटरसम्म अल्लोबाट कपडा बनाउँछौँ”, उनले भनिन्, “प्रतिमिटर रु पाँच सयदेखि रु सात सय पचासका दरले अल्लो कपडा बिक्री हुन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)